‘म यस्तो गीत गाउँछु’को सिक्वेल मा पुजा र पल दोहोरीएलान ?

असार १२, काठमाडौं ।  निर्देशक सुदर्शन थापा २ बर्ष अघिको हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिक्वेल बनाउने तयारीमा लागेका छन् । उनी अहिले चलचित्रको कथामा काम गरिरहेका छन् । यस्तै, चलचित्रको संगीतमा संगीतकार अर्जुन पोखरेलले काम गरेका छन् ।

निर्देशक थापाले भने–‘हामीले तयारी मात्र थालेका हौं । यो चलचित्रलाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा नै निर्माण गरिनेछ ।’चलचित्रको केही समय अगाडि पनि घोषणा भएको थियो । उनले भने–‘त्यो बेलामा अर्कै जोशमा घोषणा गरिएको थियो । अहिले, सबै कुरा परिवर्तन हुन्छ ।’

उनले चलचित्रमा ‘म यस्तो गीत गाउँछु’का मुख्य नायक पल शाह र नायिका पूजा शर्मा हुने वा नहुने बिषयमा केही पनि बोलेनन् । तर, ‘म यस्तो गीत गाउँछु’को भन्दा धेरै परिवर्तन हुने उनको भनाई छ । ‘

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]