क्रिस गेल अर्थात क्रिकेटका ‘युनिभर्सल बोस’ले लिए सन्यास फिर्ता

असार १२, काठमाडौं । क्रिस गेल अर्थात क्रिकेटका ‘युनिभर्सल बोस’ले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा फिर्ता लिएका छन् । ३९ वर्षीय क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास फिर्ता लिएको बताएका छन् । उनले गत फेब्रुअरीमा विश्वकप क्रिकेटपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा नै गरेका थिए । तर, विश्वकपअन्तर्गत भारतविरुद्धको खेलअघि गेलले अझै एकदिवसीय क्रिकेट खेल्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

बुधबार राति गेलले भने ‘म अवश्य पनि यही अगष्टमा भारतविरुद्धको एकदिवसीय खेल खेल्नेछु । तर टी-२० भने खेल्दिन ।’

उनले आफ्नो लक्ष्य नै विश्वकप भएको भन्दै भारतविरुद्धको टेष्ट खेल पनि खेल्न सक्ने बताएका छन् ।उनले जारी विश्वकपमा १९४ रन बनाएका छन् । यो क्रममा उनले दुई अर्धशतक बनाएका छन् । उनी एकदिवसीय क्रिकेट खेलमा वेष्ट इन्डिजका सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् ।

ब्रायन लारा वेष्ट इन्डिजका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् उनले १० हजार ४०५ रन बनाएका छन् भने क्रिस गेलले १० हजार ३४५ रन बनाएका छन् । यो क्रममा उनले २५ शतक र ५३ अर्धशतक बनाएका छन् ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]