महाभूकम्प आउँछ भन्दै हल्ला फैलाउने ज्योतिषी रिहा

Posted: Friday
महाभूकम्प आउँछ भन्दै हल्ला फैलाउने ज्योतिषी रिहा

जेठ ३१, काठमाडौँ ।  देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काठमाडौँले तारेखमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले  सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।