प्रचण्डद्वारा दिवंगत पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण

Posted: Friday
प्रचण्डद्वारा दिवंगत पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण

जेठ ३१,चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् ।आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी उनी प्रति श्रद्धान्जली अर्पण गरेका हुन् ।

श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङ लगायतका नेताहरूको उपस्थिती थियो ।