फ्राइडे रिलिज – प्रेम दिवस र झड्का आमनेसामने

Posted: Friday
फ्राइडे रिलिज – प्रेम दिवस र झड्का आमनेसामने

जेठ ३१ ,काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुत्रवारदेखि २ वटा चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका २ चलचित्र हुन् प्रेम दिवस र झड्का ।  दुवै चलचित्र प्रचार–प्रसारका हिसाबले कमजोर देखिएका छन् ।

सुरुमा चलचित्र ‘प्रेम दिवस’को नाम ‘राधा २’राखिएको थियो । चलचित्र राधाकै सिक्वेलका रुपमा ‘राधा २’ नाम राखेर निर्माण गर्ने बताइएको थियो तर अन्तिम समयमा चलचित्रको नाम परिवर्तन गरेर ‘प्रेम दिवस’ राखिएको थियो । चलचित्र ‘प्रेम दिवस’लाई निर्देशक योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

चलचित्र ‘प्रेम दिवस’मा रियल जोडी प्रियंका कार्की र  आयुष्मान देशराज जोशीले रोमान्स गरेका छन् । प्रेम कथामा अधारित रहेर निर्माण गरिएको चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र महाराजा थापाको संगीत रहेको छ । चलचित्रमा हरि लामाको छायांकन रहेको छ ।

यसै गरी आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘झट्का’ । प्रचार–प्रसारमा न्यून देखिएको यो चलचित्रलाई रमेश विशुन्खेले निर्देशन गरेका हुन् । चलचित्रमा काठमाण्डौको रात्रीकालीन जीवनको कथा हाँस्य शैलीमा प्रस्तुत गरिएको छ । चलचित्र झट्कामा हाँस्य कलाकार सुरवीर पण्डितले मुख्य भुमिका निर्वाह गरेका छन् ।