हामी प्रहरीमा बसिसकेपछि बदनियतमा सहुलियत हुँदैन – महानिरिक्षक खनाल

Posted: Friday
हामी प्रहरीमा बसिसकेपछि बदनियतमा सहुलियत हुँदैन – महानिरिक्षक खनाल

जेठ ३१, काठमाडौँ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द खनालले पुलिसमा बदनियतमा सहुलियत दिन नहुने बताएका छन्। काठमाडौंमा शुक्रबारबाट सुरू भएको नेपाल प्रहरीको प्रदेश स्तरीय ‘दोश्रो प्रादेशिक सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।

‘एकाध घटनाले गर्दा सिंगो संगठनको छवि नै धमिलो हुने अवस्थाहरू आउनुहुँदैन। तसर्थ मैले भन्ने गरेको छु हामी प्रहरीमा बसिसकेपछि बदनियतमा सहुलियत हुँदैन’,महानिरिक्षक खनालले भने,  ‘काम गर्दाका अवस्थामा केहि व्यवहारिक त्रृटिहरू छन् भने त्यसलाई हटाउन सकिन्छ तर नियतमा खोट राखियो भने त्यसमा सहुलियत हुनेछैन।’

सम्मेलनमा प्रदेश २, ५ तथा गण्डकी प्रदेशका अनुसन्धान प्रहरी तथा अभियोजनकर्ता सरकारी वकिलहरू सहभागी रहेका छन्।