कांग्रेसले ३३ देशका जनसम्पर्क समितिलाई डेनमार्कमा प्रशिक्षण दिने

Posted: Friday
कांग्रेसले ३३ देशका जनसम्पर्क समितिलाई डेनमार्कमा प्रशिक्षण दिने

जेठ ३१ ,काठमाडौं । नेपाली कांग्रेसले ३३ देशमा रहेका पार्टीका जनसम्पर्क समितिमा आवद्ध नेता/कार्यकर्तालाई डेनमार्कमा प्रशिक्षण दिने भएको छ। उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति, प्रशिक्षण प्रतिष्ठानले ३३ देशका नेता/कार्यकर्तालाई एकै ठाउँमा राखेर प्रशिक्षण दिन लागेको हो।

जुन २१ देखि २३ (असार ६ देखि ८ गतेसम्म) हुने प्रशिक्षणमा निधिसहित महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल, गगन थापालगायत १६ जना सहभागी हुने कार्यक्रम छ।

बढ्दो तापक्रम र नेपालमा पर्ने प्रभाव, बदलिएको राजनीति दक्षिण एसिया र नेपाल, समाजबादको युरोप अनुभव र नेपाललगायत विषयमा छलफल हुने शर्माले बताए। उपसभापति निधि र केन्द्रीय सदस्य रिजाल बिहीबार नै डेनमार्कका लागि उडिसकेका छन्।