पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा

Posted: Thursday
पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा

 वैशाख ५, काठमाडौं । समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

 ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो । विपेन्द्रराज बतासले पोखराका व्यवसायी जनकराज पहारीलाई २ करोड २५ लाख र मनोज श्रेष्ठलाई २ करोड ९८ लाख नतिरेको समाचार गिरीले लेखेका थिए।