विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै पत्रकार महासंघ आन्दोलित

वैशाख ५, काठमाडौं । पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग गरी धर्ना दिएका छन् ।  उक्त दफा अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेज गर्नुपर्ने माग राख्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँको अगुवाइमा देशभरका पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार एक घण्टा धर्ना दिएका हुन् ।

पत्रकारहरुले बिहीबार दिउँसो १२ देखि १ बजेसम्म धर्ना दिएका हुन् । काठमाडौँ शाखाले पत्रकारमाथि भएको धरपकड रोक्नुपर्ने लगायत माग राख्दै प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको छ भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर सङ्घर्षका कार्यक्रम चलाएको छ । महाङ्घले प्रेस स्वतन्त्रताको माग गर्दै बुधबार गृह  र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनसमेत बुझाउने भएको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]