क्याम्ब्रिज विद्यार्थी अवार्ड – नेपालका ३ बिद्यार्थीले जिते टप इन द वर्ल्ड अवार्ड

Posted: Monday
क्याम्ब्रिज विद्यार्थी अवार्ड  – नेपालका ३ बिद्यार्थीले जिते  टप इन द वर्ल्ड अवार्ड

बैशाख २, काठमाडौँ । क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गतको २०१८ को जुन महिना र नोभेम्बर महिनामा सञ्चालित क्याम्ब्रिज इन्टरनेशनल परीक्षा सत्रमा आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरी नेपालका तीन विद्यार्थीहरुले विश्वमा अब्बल÷शीर्षस्थान टप इन द वर्ल्ड अवार्ड जितेका छन्र । त्यस्तै ५३ विद्यार्थीहरुले उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड  जितेका छन्।

गतवर्षको तुलनामा यो नेपालबाट विजेताहरुको संख्या ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।नेपालभरका विभिन्न विद्यालयहरुबाट परीक्षा दिएका ती पुरस्कार विजेता विद्यार्थीहरुलाई सन्२०१९ अप्रिल १२ मा पाटनस्थित हिमालयन होटलमा ब्रिटिश काउन्सिलको सहयोगमा आयोजित उत्कृष्ट क्याम्ब्रिज विद्यार्थी अवार्ड वितरण समारोहमा उनीहरुको प्रभावकारी शैक्षिक उपलब्धिको सम्मान गर्दै बधाई एवम् पुरस्कार दिइयो । उक्त समारोहमा क्याम्ब्रिज इन्टरनेशनलको दक्षिण एसिया हेर्ने क्षेत्रीय निर्देशक रुचिरा घोष, क्याम्ब्रिज इन्टरनेशनल अन्तर्गत  एवं  नेपाल बंगलादेश हेर्ने प्रबन्धक सत्यजित सरकार, ब्रिटिश काउन्सिल नेपालका कन्ट्री एक्जाम्स म्यानेजर  जिम ओ’नेल र ब्रिटिश काउन्सिलका अन्य प्रतिनिधिहरुको उपस्थिति थियो ।

क्याम्ब्रिज इन्टरनेशनलको दक्षिण एसिया क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक रुचिरा घोषले ‘‘नेपालका विद्यार्थीहरुको उत्कृष्ट प्रदर्शन देखेर हामी धेरै नै उत्साहित छौं र उनीहरुको महत्वपूर्ण भावी यात्राका लागि शुभकामना व्यक्त गरेकी थिइन । क्याम्ब्रिजमा रहेका हामी हाम्रो पाठ्यक्रममा ठूलो गर्व गर्छौं किनकि यसले विद्यार्थीहरुलाई विषयवस्तुको गहन बुझाइ प्रदान गरी स्वतन्त्र चिन्तन गर्न सक्षम बनाउँदै उनीहरुको उज्वल भविष्य र उच्च शिक्षाका लागि तयार गर्दछ ।’’   उनले भनिन

, ब्रिटिश काउन्सिल नेपालका कन्ट्री एक्जाम्स म्यानेजर  जिम ओ’नेलले भने हामीले नेपालबाट अहिलेसम्मकै उच्च संख्यामा पुरस्कार विजेताहरुसँगै निर्माण भएको इतिहासको साक्षी हुन पाएको छौं र यसले नेपालमा ब्रिटिश काउन्सिलको छैटौं दशक पूरा भएको पनि देखाउँछ । विद्यार्थीहरुले प्रदर्शन गरेको सफलता हाम्रो प्रयासको प्रमाण मात्र नभएर शिक्षामा संलग्न शिक्षक तथा शैक्षिक नेतृत्वहरुलगायत सबैको लागि प्रेरणा पनि हो । म सबै विद्यार्थीहरुलाई उनीहरुको उत्कृष्ट प्रयासको लागि धन्यवाद दिन चाहन्छु र उच्च शिक्षा तथा पेशागत जीवनको लागि उनीहरुको अर्को कदममा शुभकामना पनि व्यक्ति गर्न  चाहन्छु ।