जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसनले नेपाल च्याप्टरको गर्यो उद्घाटन

Posted: Monday
जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसनले  नेपाल च्याप्टरको गर्यो उद्घाटन

बैशाख २, काठमाडौँ । भारत को बेंगलोरमा अवस्थित जैन युनिभर्सिटी सन २००९ मा सर्टिफाइड भएको डीम्ड टु बि युनिभर्सिटी हो । सोहि युनिभर्सिटीले जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसन नेपाल च्याप्टरको समुदघाटन गरेको छ । जैन युनिभर्सिटी तथा  जेजीआइ ग्रुपका अध्यक्ष डा. चिनाराज रोयचन्दसहितको टिमले नेपाल भ्रमण गरी उक्त च्याप्टरको उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रमलाई जितो नेपालका अध्यक्ष श्री बिनोद कुमारले स्वागत गर्नुभएको थियो । स्वागत मन्तब्य राख्दै श्री बिनोद कुमारले नेपालमा अन्टरप्रेनर्सिपको प्रचुर सम्भावना हुँदाहुँदै नेपाली युवा र बाणिज्य जगतले यसको सफल रुपमा संचालन गर्न आत्मबल कम भइरहेको समयमा जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसन नेपाल च्याप्टरको सुरुवातले धेरै सहयोग मिल्ने बताउनुभयो ।

स्वागत मन्तब्यकै क्रममा केडिया ग्रुपका अध्यक्ष अनिल केडियाले महाबिर जैन को नामबाट स्थापित यस बिश्वबिद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको थाहा पाउँदा आफुलाई खुशी लागेको र सनातन धर्मले अनुशासन सहितको शिक्षा प्रदान गर्छ, जसले जोकोहिलाई जीवनमा सफल बनाउँछ भन्ने बिषयमा जोड दिँदै जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसन नेपाल च्याप्टरलाई सफलताको शुभकामना दिनुभयो  ।

लिडर्स ल्याडर्सका अध्यक्ष महम्मद युनुसले जैन युनिभर्सिटीले प्रदान गरेको गुणस्तरीय शिक्षा र नेतृत्व बिकासका कारण आफु सफल भएको र यस युनिभर्सिटीमा अध्ययन सकेर आएका बिद्यार्थीहरुलाई समेत विश्वबिद्यालयले प्रदान गरेको शिक्षाले आफ्नो जीवन सफल बनाउन उत्प्रेरणा प्रदान गर्नुभयो । साथै जैन युनिभर्सिटीका पुर्व बिद्यार्थीहरुलाई जैन अल्मुनाइमा आबद्द हुनका लागि आव्हान समेत गर्नुभएको थियो ।

जैन युनिभर्सिटी तथा जेजीआइ ग्रुपका अध्यक्ष डा. चिनराज रोयचन्दले यस युनिभर्सिटीबाट अधययन सकेर फर्किएका नेपाली बिद्यार्थीहरुको संख्या २ हजार भन्दा बढी रहेको र उनीहरु देश तथा विदेशमा सफलतापुर्वक आफ्नो ब्यापार, ब्यबसाय र पेशामा आबद्द रहेको जानकारी गराउँदै जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसन नेपाल च्याप्टरलाई सफलताको शुभकामना दिनुभयो।

कृष्ण फाउन्डेसनका चेयरमेन सन्तोषकुमार चौधरीले आफुले भारतका उत्कृष्ट बिश्वबिधयालयहरु प्रवर्द्दन गरीरहँदा जैन युनिभर्सिटीका  बिद्यार्थीको प्रगतिले आफु सन्तुष्ट भएको र अभीभावकको यस युनिभर्सिटीप्रतिको माया र बिश्वासले गर्दा पनि जैन युनिभर्सिटीले सुरुवात गरेको जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसन नेपाल च्याप्टर सफल हुनेमा आफु बिश्वस्त रहेको जानकारी गराउनुभयो । चौधरीले कार्यक्रममा उपस्थित सम्पूर्ण उच्च व्यक्तिवहरुलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।