सोलुखुम्बुको लुक्ला एयरपोर्टमा यसरी भएको थियो हवाईजहाज दुर्घटना ( भिडियोसहित)

Posted: Monday
सोलुखुम्बुको लुक्ला एयरपोर्टमा यसरी भएको थियो हवाईजहाज दुर्घटना ( भिडियोसहित)

बैशाख २, काठमाडौँ । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो ।

यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको थियो ।  आइतबार बिहान ९ बजे ७ मिनेटमा लुक्लाबाट उड्ने क्रममा समिट एयरको जहाज रनवेबाट चिप्लिएर मनाङ र श्री एयरको हेलिकप्टमा ठोक्किन पुगेको थियो ।

सो विमान दुर्घटना हुँदा लुक्ला एयरपोर्टमा जडान गरिएको सीसी क्यामेराले खिचेको लाइभ फुटेज समेत सार्वजनिक भएको छ । लाइभ फुटेज हेर्दा सुरुमा मनांग एयरको हेलिकोप्टर ल्यान्ड गरेको देखिन्छ । त्यसलगत्तै एउटा विमानले उडान भरेको देखिन्छ । सो विमान उडेलगत्तै समिट एयरले उडान भर्न लाग्दा विमान चिप्लिएको देखिन्छ ।