सत्तारुढ विद्यार्थीद्वारा निःशुल्क शिक्षा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

Posted: Friday
सत्तारुढ विद्यार्थीद्वारा निःशुल्क शिक्षा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

चैत २९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्टा पार्टी (नेकपा) का विद्यार्थी संगठनले निःशुल्क शिक्षा कार्यान्वयन गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार अखिल र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ८ बुँदे ज्ञापनपत्र बुझाउँदै विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने प्रावधानलाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्न माग गरेका हुन् ।