भारतमा आजदेखि लोकसभा निर्वाचन सुरु 

Posted: Thursday
 भारतमा आजदेखि लोकसभा निर्वाचन सुरु 

चैत २८, नयाँ दिल्ली। भारतमा आजदेखि लोकसभा निर्वाचन सुरु भएको छ। पहिलो चरणको निर्वाचन अन्तर्गत आज १८ राज्य र दुई केन्द्र शासित प्रदेशहरुमा  ९१ सिटका लागि निर्वाचन हुँदैछ।

९१ सिटका लागि १ हजार २ सय ७९ जना उम्मेदवारहरु प्रतिस्पर्धा गर्दैछन्। आजको निर्वाचनमा सहभागी हुने १४ करोड २० लाख ५४ हजार ९ सय ७८ जनाले मतदाताका लागि १ करोड ७० लाख मतदान केन्द्र स्थापना गरिएको छ।

९१ सिटमा ३३ सिटहरुमा भारतीय जनता पार्टी र भारतीय कांग्रेसको सिधै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ भने अन्य सिटहरुमा स्थानीय दलहरुबीच भाजपा र कांग्रेसले प्रतिस्पर्धा गर्नुपर्नेछ।

सातचरणमा हुने निर्वाचन मे १९ मा समाप्त हुनेछ। भारतको आंध्र प्रदेश,अरुणाचल, सिक्किममा आजै विधान सभा निर्वाचन हुँदैछ।