मुसीकोट मा जिप दुर्घटना – पूर्व सांसदसहित एकको अवस्था चिन्ताजनक

Posted: Thursday
मुसीकोट मा जिप दुर्घटना – पूर्व सांसदसहित एकको अवस्था चिन्ताजनक

चैत २८, काठमाडौं । गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ नेटा चिहानडाँडामा जीप दुर्घटना हुँदा पूर्व सांसदसहित एकको अवस्था अत्यधिक चिन्ताजनक छ ।

पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी र नाम नखुलेका एक व्यक्तिलाई दुर्घटनास्थलबाट तम्घास ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

बिहिबार बिहान मालिका गाउँपालिकाको दर्लिङबाट बुटवलका लागि १० जना यात्रु बोकेर हिँडेको लु १ ज १९५७ नम्बरको जिप सडकदेखि १०० मिटर तल खसेको हो ।