तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना

Posted: Wednesday

 चैत २७, काठमाडौं । भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या आएपछि उनलाई हिमातल राज्यको धर्मशालाबाट विमानमार्फत दिल्ली लगेर एक अस्पतालमा भर्ना गरिएको हो ।

८३ वर्षका लामाको छातीमा संक्रमण देखिएको र उनको स्थिति स्थिर रहेको बताइएको छ । नोवेल शान्ति पुरस्कार विजेता लामा चर्चित प्रवचक हुन् । तर, पछिल्लो समय उनी अन्तराष्ट्रिय मञ्चहरुमा निकै कम सहभागी हुने गरेका थिए ।