नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु

Posted: Wednesday
नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु

चैत २७, भक्तपुर ।  भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।  यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ ।

 बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानि जात्रा सुरु हने परम्परा रहेको छ । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई तान्थे परम्परा छ ।

बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्तै ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

स्थानीय प्रशासन, प्रहरी र नगरपालिकाले यसवर्ष जात्रालाई शान्तिपूर्ण बनाउन ४३ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गर्ने व्यवस्था मिलाएका छन् ।

जात्रामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पोशाक र सादा पोशाकमा सुरक्षाकर्मी खटिएका प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले बताए ।

मदिरा बिक्री वितरणमा रोक लगाएको र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने समेत प्रशासनले जानकारी दिएको छ ।  यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ ।