युनियन लाइफ इन्सुरेन्सको आफ्नै ब्राण्ड छ – मनोज कुमार लाल कर्ण

Posted: Tuesday
युनियन लाइफ इन्सुरेन्सको आफ्नै ब्राण्ड छ – मनोज कुमार लाल कर्ण

चैत २६, काठमाडौं । बीमा अहिले हरेक मान्छेलाई अपरिहार्य छ। बीमा बिनाको जीवन अधुरो छ । अधारभुत आवश्यकता गाँस, बास, कपास पछि चौथौंमा बीमा आइसकेको छ । यदि बीमा गर्नु भएको छैन भने घर नै अधुरो हुन्छ । युनियन लाइफ इन्सुरेन्सले  राम्रा व्यवसायिक घरानाहरु संस्थापक रहेका कारणले छाटो समयमा नै सेवाग्राहीका बीचमा विश्वास जित्दै गइरहेको छ । २९ संस्थापकहरु मध्ये ६ को मेजर होल्डिङ्ग छ। गोल्छा, जगदाम्बा, गाडिया, टिवडेवाला, न्यौपाने, राजेश हार्डवयर, लगायतका संस्थापकहरुका कारण कम्पनीको विश्वसनियता बढ्दो क्रममा छ ।

 २० वर्षभन्दा बढी समय बीमा बजारमा काम गरेको व्यवस्थापन टिम रहेको युनियन लाइफको १५४ भन्दा बढी शाखा बिस्तार भइसकेका छन् ।  आउनुहोस कुरा गरौँ १९९५ देखि बिमा क्षेत्रमा कार्यरत युनियन लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णसंग :