मद्रास हाई कोर्टले टिकटकमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई दियो आदेश

Posted: Thursday
मद्रास हाई कोर्टले टिकटकमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई दियो आदेश

चैत्र २१काठमाडौँ  । टिकटक यतिबेला विश्वभर सर्वाधिक चर्चा र प्रयोगमा आएको एप हो  । यसले रातारात कसैलाई स्टार बनाईदिएको छ भने आफनो अभिनय देखाउन र विभिन्न देशको कला संस्कृती र संगितको प्रचार गर्न पनि यो राम्रो माध्यम बनिरहेको छ  तर मद्रास हाई कोर्टले टिकटकमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको छ ।

कोर्टले टिकटकमा अश्लिल सामाग्रीहरु राखेको हुदा त्यसलाई बालबालिकाले समेत हेरिरहेको भन्दै केन्द्र सरकारलाई टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको हो । टिकटकमा अश्लिल सामाग्रीहरु राखिएको कारण नै इन्डोनेशिया र बंगलादेशमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको छ ।