ग्लोबल कलेज अफ मेनेजमेन्टको अन्तरकलेज प्रतियोगिता “मेरो कारखाना”सम्पन्न

Posted: Monday
ग्लोबल कलेज अफ मेनेजमेन्टको अन्तरकलेज प्रतियोगिता “मेरो कारखाना”सम्पन्न

 फागुन २७, काठमाडौं । मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ मेनेजमेन्टले अन्तरकलेज प्रतियोगिता सम्पन्न गरेको छ । बिद्यार्थीलाई अझै मेहेनती र बिजनेस सम्बन्धी ज्ञान दिन “मेरो कारखाना – तपाईं भित्रको उद्यमी अन्वेषण”नामक प्रतिष्पर्धी कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा चार प्रतिस्पर्धात्मक गतिविधिहरू रहेका थिए जसमा नयाँ उत्पाद विकास (एनपीडी) , बजार , केस अनालाइसिस र बिज्ञापन रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथी नेपालका पछिल्लो मुख्य सचिव डा. बिमल कोइरालाले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । वहाँले द्यार्थीलाई आफ्नै देशमा मेहेनत गर्न प्रेरणा प्रदान गर्नुभएको थियो । वहाँले नेपाली युवा युवतीले आफ्नै मातृभूमिमा काम गर्नुको सट्टा विदेशी भूमिमा आकर्षित भएकोमा गुनासो गर्नुभयो। वहाँले राजनीतिक मामिलामा ध्यान केन्द्रित गर्नुको सट्टा हामीले हाम्रो आर्थिक अवस्था सुधार गर्न काम गर्नुपर्ने बताए।हाम्रो देशमा परिवर्तन ल्याउन सक्ने व्यक्ति हामी आफै हो। यदि हामीले मेहेनतका साथ केहि गर्ने आटयौं भने नतिजा बिकसित देशको भन्दा राम्रो हुनेमा दुइमत नरहेको वहाँले बताउनुभयो।

 कार्यक्रममा ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूले संगीत र नृत्य प्रदर्शन गरेर मनोरन्जन प्रदान गरेका थिए ।

 उक्त प्रतिष्पर्धामा सेन्ट लरेंस कलेजले तेस्रो स्थान हासिल गर्दै नगद रु ५००० पुरस्कार प्राप्त गर्यो । काठमाडौं विश्व विद्यालयले दोस्रो स्थान जित्दै रु १५ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भयो । त्यस्तै पहिलो बनेको ग्लोबल कलेज अफ म्यानेजमेन्टले भने रु २० हजार नगद पुरस्कार पाउन सफल भयो ।  एम्बिशन कलेज र प्रिमियर कलेजको विद्यार्थीले क्रमशः राम्रो प्रस्तुतीकरण महिला र पुरुष को टाइटल जित्न सफल बने । बिजेता कलेजहरुले मेडल ट्रफि , प्रमाणपत्र र गुरुकल सीएबाट छात्रवृत्ति समेत पाएका थिए ।