भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनसंग गरिएको कुराकानी

Posted: Thursday
भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनसंग गरिएको कुराकानी

फागुन २३, काठमाडौँ । भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन करिब ३० बर्षअघि अष्ट्रेलिया पुगेका थिए । जव उनि अष्ट्रेलिया गएका थिए त्यस समय अष्ट्रेलिया जाने नेपालीको संख्या औंलामा गन्न सकिन्थ्यो , कोहि नेपाली देख्न पाउँदा खुशीले गदगद भएको त्यो क्षण योन्जनको मनमस्तिष्कमा अझै पनि ताजा नै रहेको छ । दिन बित्दै गए समय बदलिंदै गयो र अष्ट्रेलियामा अध्ययनको लागि जाने बिद्यार्थीको संख्या पनि बिस्तारै बधाई गयो र अहिले त त्यो संख्या आक्रामक नै छ । टोपी लगाएको मान्छे देख्दा उनि दौडेर समाउन र भेट्न सम्म पुग्थे ।

अहिलेको समयमा भने अष्ट्रेलियामा नेपाली कम्युनिटी बाक्लो छ हजुरबुवा देखि नातिनीसम्मकै समाज त्यहाँ स्थापीत भइसकेको छ  । हालको समयमा नेपाली बिद्यार्थी धेरै उत्साहित , साहसी , स्मार्ट भएको र काम पाउन सजिलोका साथै नेपाली कम्युनिटीको सहयोगले थोरै समयमा नै अष्ट्रेलियामा सजिलै घुलमिल हुन् सक्ने वातावरण रहेको महावाणिज्यदूत चन्द्र योञ्जन बताउँछन् ।उनै चन्द्र योञ्जनसंग इन्फोप्लसले गरेको कुराकानी :