केन्यामा हुने भनिएको टी-२० क्रिकेट प्रतियोगिताको आयोजना मिति सर्ने

Posted: Wednesday
केन्यामा हुने भनिएको टी-२० क्रिकेट प्रतियोगिताको आयोजना मिति सर्ने

फागुन २२, काठमाडौँ । क्रिकेट केन्याको आयोजनामा केन्यामा हुने भनिएको टी-२० क्रिकेट प्रतियोगिताको आयोजना मिति सर्ने भएको छ।

यही मार्च २२ देखि ३१ सम्म केन्यामा ‘८-नेशन ए टिम्स टी २० क्रिकेट सिरिज २०१९’ हुने तय भएको थियो। तर प्राविधिक कारणले गर्दा उक्त प्रतियोगिता समयमै हुन नसक्ने र २-३ साताको लागि मिति पछि सर्ने नेपाल टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी विज्ञप्तीमार्फत जनाएका छन्। प्रतियोगिताको नयाँ मिति क्रिकेट केन्याले केही दिनपछि नै सार्वजनिक गर्नेछ।