प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने हुँदा दुर्घटना , एक घाइते

Posted: Monday
प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने हुँदा दुर्घटना , एक घाइते

 फागुन २०, काठमाडौं । जङ्गी अड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने हुँदा दुर्घटना भएको हो ।

घाइते हुने सैनिकको परिचयबारे केही पनि बताइएको छैन । सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।