एक यस्ता डाक्टर जसले हेर्छन बिरामी मर्नुअघि फेसबुक प्रफाइल

Posted: Friday
एक यस्ता डाक्टर जसले हेर्छन बिरामी मर्नुअघि फेसबुक प्रफाइल

माघ १८, काठमाडौं । अमेरिकाको इण्डियाना राज्यको राजधानीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डाक्टर लुइस प्रोफेट अस्पतालमा मृत्यु हुने कुनै बिरामीको मृत्युको खबर उनका बुवा–आमालाई बताउनु अगाडि मृतकको फेसबुक वाल हेर्दछन् । मृतकको फेसबुक वाल हेर्नुको कारण के होला ? यसको पछाडि निकै मार्मिक अर्थ छ ।

मृतकको फेसबुक हेरेर उसका तस्वीरहरु देख्दा उसको जीवनलाई नजिकबाट बुझ्न सकिने उनको दाबी छ । साथै मृतकका आफन्त तथा परिवारका बारेमा पनि जान्न सकिने र उनीहरुको पीडामा सामेल हुन सकिने तर्क उनको छ । उनी मृतकको फेसबुक यसकारण पनि हेर्दछन् कि कुनै व्यक्ति डाक्टर हुनुको नाताले कसैको मृत्युको खबरलाई दैनिक कामको रुपमा नसम्झियोस् । अनि मृतकको परिवारको पीडा महसुस गरी पूरै सम्वेदनाका साथमा मृतकको परिवारलाई मृत्युको खबर भन्न सकोस् ।

उनी भन्छन् यसो गर्नुले उनलाई मानवको रुपमा टिकाइराखेको छ । उनले एकजना मृतक किशोरको मृत्युको खबर उसका बुवाआमालाई सुनाउनु अगाडिको निकै भावुक सन्देश सोसल मिडियामा पनि पोष्ट गरेका छन् ।