साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

असोज २१, काठमाडौं । साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलको उपाधि रक्षाको लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा स्थानीय समय अनुसार ७ बजे खेल सुरु हुनेछ ।

 नेपाली यु-१८ महिला फुटबल टिम उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्रिदैछ । समूह चरणमा भने नेपाल बंगालदेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा २-१ गोलले हारेको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल छ ।

सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । बंगलादेशले भने आयोजक भुटानलाई ४-० गोलअन्तरले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । फाइनल खेलअघि भुटान र भारतले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]