विमस्टेक सम्मेलनमा भाग लिन भदौ १४ गते नेपाल आउँदै भारतीय प्रधानमन्त्री मोदी

साउन २०, काठमाडौँ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् ।  भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् ।  सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गरी नेपालस्थित भारतीय दूतावास तयारीमा जुटेको स्रोतले जनाएको छ । यसअघि वैशाख २८ गते दुई दिनका लागि नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङ्गबाट फर्किने क्रममा पोखरामा घुम्ने योजना बनाएका थिए । पोखरामा त्यस अनुसारको तयारी पनि भइसकेको थियो तर समय अभावका कारण उनी मुस्ताङ्गबाट सिधै काठमाडौँ फर्केका थिए ।

 २०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदीले जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारी थियो । त्यो बेला पनि लुम्बनीको भ्रमण गर्ने भनेर सम्पूर्ण तयारी पुरा भएको थियो । तर, अन्त्यमा सुरक्षाको कारण देखाउँदै जनकपुरको भ्रमण रद्द गरेपछि प्रधानमन्त्री मोदीको लुम्बनी भ्रमणसमेत रद्द भएको थियो । तर, यसपटक भने उनी लुम्बनी जाने निश्चित भएको छ किनभने उनले यसअघि जनकपुरको भ्रमण गरिसकेका छन् । ‘जनकपुरको भ्रमण रद्द भएपछि लुम्बनीको मात्र भ्रमण गर्दा राम्रो सन्देश नजाने भन्दै त्यतिबेला भ्रमण रद्द भएको थियो । यसपटक भने भ्रमण लगभग निश्चित भएको छ,’ दूतावास स्रोतले भन्यो ।  त्यतिबेला मोदीले मुस्ताङको मुक्तिनाथ दर्शन गरेर पोखरा हुँदै लुम्बनी जाने तयारी थियो । तर, मोदीले त्यतिबेला तीनटै ठाउँको भ्रमण रद्द गरेका थिए ।  जनकपुर र मुस्ताङ्को भ्रमण गरिसकेका मोदी यसपटक पोखरा हुँदै लुम्बनी जाने तयारी भइरहेको छ । यसैगरि, गौशालामा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन पनि मोदीले गर्ने तयारी भइरहेको छ । यद्यपि अहिले नै मिति र समय तय भएको छैन ।

मोदीले उद्घाटन गर्ने धर्मशालाको अवलोकन भारतीय जनता पार्टीका महासचिव राम माधवले गरिसकेका छन् । साउन १४ गते थिङ्क ट्याङ्कको सम्मोलनमा भाग लिन नेपाल आएका राम माधवले नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीको साथमा सो धर्मशालाको अनुगमन गरेका थिए ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौँथो शिखर सम्मेलन काठमाडौँमा हुन लागेको छ । बिमिस्टेकको अध्यक्ष नेपाल रहेको छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भुटान र नेपाल सदस्य राष्ट्रको रुपमा रहेका छन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]