नेपाल भारत प्रबुद्ध समूहको प्रतिवेदन तयार, पहिले मोदीलाई त्यसपछि ओलीलाई बुझाइने

असार १७, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को अन्तिम बैठकले शनिबार साझा प्रतिवेदन तयार गरी आफ्नो कार्य सम्पन्न भएको जनाएको छ। ईपीजीको शुक्रबारदेखि काठमाडौंमा बसेको नवौं बैठकमा साझा प्रतिवेदन तयार पारिएको हो। नेपाल भारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिका साथै दुई देशबीचका अन्य असमान सन्धि सम्झौता समीक्षा गर्ने, अद्यावधिक गर्ने, आवश्यकता अनुसार संशोधन गर्ने र प्रतिस्थापन गर्नेसम्मको सुझाव दिन कार्यादेश दिई दुई वर्षअघि ईपीजी गठन गरिएको थियो।

‘बैठक सफलतापूर्वक सम्पन्न भएको छ,’ ईपीजीमा नेपालतर्फका सदस्य डा. राजन भट्टराईले भने, ‘हामीले साझा प्रतिवेदन तयार पारेका छौं, अब दुवै देशका प्रधानमन्त्रीलाई संयुक्त रूपमा हस्तान्तरण गर्नेछौँ।’साझा प्रतिवेदन तयार भए पनि प्रतिवेदनमा कुन–कुन कुरामा सहमति भएको छ भन्ने सार्वजनिक गरिएको छैन। नेपाल भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिको धारा २, ५, ६ र ७ मा नेपालले असन्तुष्टि जनाउँदै आएको थियो। उक्त धाराहरू नेपालका लागि मात्रै बाध्यकारी रहेको र भारतले त्यसको पालना नगरेको नेपालको बुझाइ रहेको छ।सन्धिको धारा २ मा दुवै देशमध्ये कुनै एक देशको अर्को मित्र राष्ट्रसँगको सम्बन्धमा तिक्ततापूर्ण अवस्था आएमा एकले अर्कालाई जानकारी गराउनुपर्ने उल्लेख छ।

यस्तै धारा ५ मा नेपाल सरकारले आवश्यक पर्ने हातहतियार भारतसँग खरिद गर्ने र भारतबाहेक अन्य देशबाट खरिद गर्नु परेमा भारतीय भूमि हुँदै आयत गर्नुपर्ने र सो कुराको जानकारी भारत सरकारलाई दिनुपर्ने उल्लेख छ। धारा ६ मा दुवै देशले एकअर्काका नागरिकहरूलाई आफ्नो देशमा आर्थिक तथा औद्योगिक क्रियाकलापमा स्वतन्तत्रापूर्वक सहभागी हुन दिने व्यवस्था छ। त्यस्तै धारा ७ मा दुवै देशका नागरिकलाई एकअर्काको देशमा आफ्नै नागरिक सरहको व्यवहार गर्ने कुरा उल्लेख गरिएको छ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]