ईपीजीको नवौं बैठक काठमाडौंमा सुरु हुँदै

असार १५, काठमाडौं । नेपाल र भारतबीच रहेका सबै प्रकारका सन्धिसम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समुह ईपीजीको नवौं बैठक आज काठमाडौंमा सुरु हुँदैछ । बिहान १० बजे पछि सुरु हुने बैठकले हालसम्म भएका बैठकको प्रगतिलाई दुईपक्षीय साझा प्रतिवेदनको रुप दिदै सरकारलाई बुझाउने निर्णय गर्नेछ । यद्यपि अझै पनि प्रतिवेदनले अन्तिम रुप भने पाउन सकेको छैन ।

यसअघि काठमाडौंमा सम्पन्न पछिल्ला दुई बैठकमा सहभागी हुन नसकेका पुर्व राजदुत जयन्त प्रसाद समेत नवौं बैठकमा सहभागी हुन काठमाडौं आउनुभएको छ । उहाँकै सहभागीताका लागी भन्दै बैठक एक महिना ढिलो गरी  राखिएको हो । नयाँदिल्लीमा भएको आठौं बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय नटुंगिएपछि काठमाडौंमा नवौं बैठक तय भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै दिल्लीमा ईपीजीको आठौं बैठक बसेको थियो । असार २० मा ईपीजीको समय सिमा सकिदै छ । त्यसअघि हुने बैठक पहिल्यै नमिलेका विषय आदान प्रदानबाट मिलिसक्नुपर्ने भएपनि भारतीय पक्ष उदास देखिएको अवस्थामा यो बैठक हुन लागेको हो । नेपाली पक्षको संयोजना डा भेषबहादुर थापा र भारतीय पक्षको भगत सिंह कोशीयारीले गरिरहनु भएको छ । बैठक भोली सकिने छ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]