आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सलाई

जेठ १४, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले उपाधी चुमेको हो । उपाधिसँगै चेन्नाईले २० करोड भारु पनि पाएको छ ।

चेन्नाईले आईपीएल उपाधी जितेको यो तेस्रो पटक हो । तेस्रोपटक उपाधि जित्ने क्रममा ओपनर शेन वाटसेनको प्रदर्शन शानदार रह्यो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका वाटशनले नटआउट ११७ रन योगदान गरे । ५७ बल सामना गरेका उनले ११ चौका र ८ छक्का प्रहार गरे । उनी म्यान अफ दि म्याच भए ।एसके रैनाले ३२, अम्वाती रायडुले १६ र फाप डु प्लेसिसले १० रन बनाए ।

बलिङतर्फ सन्दिप शर्मा र कार्लोस ब्रेथवेटले एक-एक विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको हैदरावादका लागि केन विलियम्सनले ४६ रन बनाए । युसुफ पठानले नटआउट ४५ रन बनाए । शिखर धवनले २६, शाकिब अल हसनले २३ र कार्लोस ब्रेथवेटले २१ रन बटुले । बलिङतर्फ रविन्द्र जडेजा, ड्वेन ब्राभो, कर्ण शर्मा, शार्दुल ठाकुर र लुंगी निग्दीले समान एक-एक विकेट लिए । टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा १७८ रन बनाएको थियो । उसले ६ विकेटको क्षतिमा सो रन बनाएको थियो । चेन्नाईले भने १८ ओभर ३ बलमा १७९ रनको लक्ष्य पूरा गरेको थियो ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]