भारतको उत्तर प्रदेश र राजस्थानमा आएको आँधीका कारण एक सय १७ को मृत्यु, सय बढी घाइते

वैशाख २१, काठमाडौं । भारतको उत्तर प्रदेश र राजस्थानमा आएको धुलो वर्षासहितको आँधीका कारण मृत्यु हुनेको संख्या एक सय १७ पुगेको छ । गत बुधबार राति आएको आँधीका कारण उत्तर प्रदेशमा ७३ जनाको मृत्यु भएको छ भने  ८३ जना घाइते भएका छन् । राजस्थानमा ३८ जनाको मृत्यु भएको छ । एक सय बढी घाइते भएका छन् ।

भारतको मौसम विभागले ४८ घण्टाभित्र फेरि उच्च आँधी आउन सक्ने भन्दै सर्तकता अपनाउन आह्वान गरेको छ । अाँधीका कारण अधिकाशं घरमा क्षति पुग्नुका साथै विद्युत सेवा समेत अवरुद्ध भएको छ । हावाहुरीका कारण रुख ढल्दा ती स्थानका यातायात सेवा प्रभावित भएको छ । आँधीका कारण उत्तर प्रदेशको आगरा जिल्लामा सबै भन्दा बढी क्षति पुगेको भारतीय समाचार संस्था पीटीआईले उल्लेख गरेको छ ।

यस्तै, बिजनौर,बरेली,सहारनपुर,पीलीभीत, फिरोजवाद, रायबरेली  लगायत  ८९ जिल्लामा अाँधीका कारण प्रभावित भएको छ । प्रदेश सरकारले मृतकका परिवारलाई  ४ लाख रुपैयाँ र घाइतेलाई ६० हजार रुपैयाँ दिने घोषणा गरेको छ । भारतको मौसम विभागका अनुसार उत्तर प्रदेश लगायतका क्षेत्रमा केही दिन सम्म मौसममा बदली भएर आँधी सहित भारी बर्षा हुने छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय अधिकारीलाई सम्बन्धीत प्रदेश सरकारसंग समन्वय गरेर राहत तथा पुर्नस्थापनाको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशन दिनुभएको छ  ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]