वैशाख २८ गते नेपाल भ्रमणमा आउने तयारीमा भारतीय प्रधानमन्त्री मोदी

बैशाख ८, काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो मे ११ अर्थात यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने तयारी भैरहेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । मोदी नेपाल उनी त्यहि दिन धार्मिकस्थल जनकपुर जाने तय भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले दाबी गरको छ ।

मोदीको नेपाल भ्रमणको मिति तय नभएपनि उनी नेपाल चाँडै आउने परराष्टमन्त्री प्रदि ज्ञवालीले जनाए । यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघिको भ्रमणमा मोदी जनकपुर जान चाहेका थिए तर सम्भव भएको थिएन ।

पहिले ओलीको भारत भ्रमण र अहिले हुने तयारी रहेको मोदीको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुद बन्ने सूत्रहरुको दाबी छ ।

 

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]