मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने चुनावपछि नेपाल आर्थिक समद्धिको दिशातर्फ अघि बढ्यो

चैत्र २४, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले  चुनावपछि नेपाल आर्थिक समद्धिको दिशार्फ अघि बढेको बताएका छन् । भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले नेपाल चुनावको सम्पन्नतासँगै समृद्धिको दिशामा अघि बढेको बताएका हुन् ।   आफू नेतृत्वको सरकारको  साझा उद्देश्य नै  समृद्धि भएको बताउँदै ओलीले नेपाल लगानीको लागि उपयुक्त वातारण भएको पनि बताए ।  भारतीय निजि तथा पब्लिक कम्पनीलाई नेपालका जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गर्दै ओलीले कतिपय आयोजना भारतीय लगानीमा बन्दै गरेको  पनि सो क्रममा बताए ।

 यस्तै सीमा क्षेत्रमा हुने आतंकवाद र अपराध न्यूनीकरणका सवालमा नेपाल गम्भीर रहेको बताउँदै ओलीले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि  दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।  पत्रकार सम्मेलनका क्रममा ओलीले नेपाल भूपरिवेष्ठित देश नभएको बताउँदै बरु ‘ल्याण्डलिंक्ड’ देश भएको बताए।   अहिलेकाे अवस्थामा नेपाल जलमार्गमा पनि जोडिन सक्ने उनको भनाई थियो ।

अर्को प्रसंगमा ओलीले काठमाडौं–रक्सौल रेलमार्ग विस्तारमा भारतले सहयोग गर्ने  बताएकोमा खुसी व्यक्त गरे ।  ओली अघि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका  मोदीले काठमाडौं रक्सौल रेलमार्ग भारतले बनाउने बताएका थिए । यस्तै  उनले आफूलाई भारतमा भएको न्यानो स्वागतको लागि मोदीलाई धन्यवाद समेत दिए । ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई  उपयुक्त समयमा नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत दिए ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]