प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच आज  महत्वपूर्ण भेटवार्ता हुँदै

चैत्र २४, नयाँदिल्ली  । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपक्षीय सम्वन्धमा आज महत्वपूर्ण भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति  बैंकया नायडु, समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री सुश्मा स्वराज लगायत उच्च सरकारी अधिकारीहरुँंग भेटवार्ता गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीलाई दिल्लीस्थित राष्ट्रपति भवनमा भारत सरकारले गार्ड अफ अनरले सम्मान गरेको छ । लगत्तै राष्ट्रपति कोविन्दसँग भेटवार्ता हुनेछ ।

सकमक्षी मोदीसँग हिजो वान टु वान वार्ता गरेका प्रधानमन्त्री ओलीले आज भारतीय प्रधानमन्त्रीको सरकारी निवास हैदराबाद हाउसमा नेपाली प्रतिनिधिमण्डल सहित छलफल गर्दै हुनुहुन्छ ।  बिहान साढे ११ बजे हुने भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीसहित उहाँका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री  मातृका यादव लगायतको टोली सहभागी हुँदैछ । संयुक्त रूपमा भारतीय सहयोगमा निर्माण भएको वीरगन्जको एकीकृत भन्सार जााच चौकी दिल्लीमा बटम थिचेर उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको छ । यस्तै ९ सय मेगागट क्षमताको अरुण तेस्रो जलविद्युत अयाोजनाको पनि संयुक्त शिलान्यास हुनसक्ने बताइएको छ ।

 भेटवार्ताका क्रममा भारलते वीरगन्ज–काठमाडौं रेलमार्ग र कृषिको आधुनिकीकरणमा सहयोग लगायत विषयमा सहयोग प्याकेजको घोषणा गर्ने बताइएको छ ।  यसका साथै महाकाली सन्धिअनुसार निर्माण हुनुपर्ने पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन निर्माण टुंग्याउने विषय, नेपालमा प्रतिवन्धित रहेका भारतीय रुपैयाँ, एक हजार र पाँचसय दरका नोट सटहीको व्यवस्था, इनर्जी बैंक , सीमा समस्या लगायतका विषयमा छलफल केन्द्रित रहने जनाइएको छ ।  यसैबीच प्रधानमन्त्री ओलीले आज भारतीय उपराष्ट्रपति बैंकया नायडुसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

आजै प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग समेत भेट गर्दे हुनुहुन्छ । बिहान सवा १० स्वराजसँगको भेटपछि प्रधानमन्त्री ओली बिहान ११ बजे महात्मा गान्धीको समाधीस्थल राजघाटमा पुगी माल्यार्पण गर्ने कार्यक्रम छ । यस्तै साँझ ७ बजे गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ । भने साढे ७ बजे इन्डिया फाउन्डेशनको कार्यक्रममा सहभागि हुनुहुने कार्यक्रम रहेको छ ।

 

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]