भारतीय व्यवसायीलाई निर्धक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको  आग्रह

चैत २३, नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तनपछि बलियो सरकार बनेको र निर्धक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्।

भारत भ्रमणको पहिलो दिन ताज होटलमा आयोजित व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा कानुनी शासन बलियो भएको र सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै लगानीका लागि आग्रह गरेका हुन्। ‘हामीलाई हरेक क्षेत्रमा ठूलो लगानी चाहिएको छ,’ उनले भने, ‘लागनीका लागि नेपाल भर्जिन ल्यान्ड मानिन्छ। हरेक क्षेत्रको लगानी उच्च मुनाफायुक्त छ। लगानीमा कुनै प्रतिस्पर्धा छैन।’

व्यापारका लागि विश्वभरि पुगेका भारतीय व्यवसायीहरु अब छिमेकी मुलुक नेपालमा आउने बेला भएको उनले बताए। ‘निकटता, सांस्कृतिक समानताका कारण पनि नेपालमा भारतीय व्यवसायीहरुलाई सहज हुन्छ,’ उनले भने। कार्यक्रममा लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले नेपालको व्यापारिक अवस्थाबारे प्रस्तुति दिएका थिए। त्यसमा भारतीय व्यापारीहरुले विभिन्न जिज्ञासा राखेका थिए।

 

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]