२०१४ को नोवेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई पाकिस्तान फर्किइन्

चैत १५, काठमाडौं । पाकिस्तानी महिला शिक्षा तथा बाल अधिकारवादी अभियन्ता एवं सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई पुन: पाकिस्तान फर्किएकी छिन् । सन् २०१२ मा  तालिवानी लडाकुको आक्रमणमा परेपछि पहिलोपटक मलाला पाकिस्तान फर्किएकी हुन् ।

पाकिस्तानको स्वात उपत्यकामा तालिबानी लडाकूले बालिकाहरुलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेको भन्दै उनीमाथि आक्रमण भएको थियो । सो आक्रमणमा उनको कन्चटमा गोली लागेको थियो । त्यसयता उनी बेलायतको बर्मिङघममा बस्दै आएकी छिन् । पछिल्लो पटक बेलायत सरकारले नै उनको उपचार र शिक्षाको जिम्मेवारी लिएको छ । मलाला नोवेल शान्ति पुरस्कार जित्ने हालसम्मकै कम उमेरकी व्यक्ति हुन् ।

सुरक्षाको लागि भन्दै मलालाको भ्रमण तालिकालाई गोप्य राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् । यद्यपी मलालाले प्रधानमन्त्री शाहिद खाकान अब्बासीसँग भेट गर्नसक्ने आकंलन सञ्चारमाध्यमले गरेका छन् । यद्यपी त्यसको औपचारिक पुष्टी भएको छैन । उनले स्वात उपत्यकाको भ्रमण गर्ने वा नगर्ने बारेपनि केही खुलाइएको छैन ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]