नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र एनएलआइसीसी सञ्चालनमा (फोटो फिचर सहित)

चैत ११, काठमाण्डौं । न्यो लिङ्वा इन्टरनेशनल करियर सेन्टर’(एनएलआइसीसी) ले नेपालमा पहिलो पटक  अन्तराष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको महाराजगंजस्थित महालक्ष्मी अवल हाउसमा “युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी यु टि एस इन्सर्चको संयुक्त प्रयासमा सुरु गरिएको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र संचालनमा ल्याएको हो  ।  काठमाडौँको होटल याक एण्ड यतीमा आयोजित एक बिशेष समारोहका बीच नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बर्डले उक्त प्रशिक्षण केन्द्रको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाइ सम्बोधन गर्दै राजदूत बर्डले यस कोर्षले बिद्यार्थीहरुलाई अंग्रेजी शिक्षाको बारेमा सम्पूर्ण रुपमा सबल बन्न मद्दत मिल्ने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बिशेष अतिथिका रुपमा बोल्दै पूर्व शिक्षामन्त्री प्रदीप नेपालले यस कोर्षको अध्ययन गरिसकेपछि बिद्यार्थीलाई बिश्व समुदायसँग प्रतिष्पर्धा गर्न समेत सहयोग पुर्याउनेमा आफु बिस्वस्थ रहेको धारणा राख्दै संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।

त्यसैगरी यु टी एस इन्सर्चका प्रबन्ध निर्देशक एलेक्स मर्फीले यस अंग्रेजी भाषाको ज्ञानले आत्मविश्वासी, कुशल ब्यबस्थापक तथा दक्ष व्यक्तित्व निर्माण गर्नमा मार्गदर्शन गर्ने बताउनुभयो । उहाँले यु टी एस सँगको आफ्नो २५ बर्षे अनुभव साटासाट गर्दैे नेपाली बिद्यार्थीका लागी यो संस्था बरदान साबित हुने पनि बताउनुभयो ।

यता शनिवार एक बिशेष समाराहेकाबिच काठमाडौंको महाराजगंजस्थित महालक्ष्मी अवल हाउसमा “युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी यु टि एस इन्सर्चको संयुक्त प्रयासमा सुरु गरिएको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्रको यु टी एस इन्सर्चका प्रबन्ध निर्देशक एलेक्स मर्फीले उद्घाटन गर्नु भयो । विद्यार्थीह्रुलाई भाषा प्रशिक्षण लिनका लागि आवश्यक पर्ने भौतीक संरचना र पूर्वाधार सहितको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्रमा एक कक्षामा १६ जना अध्ययन गर्न सक्नेछन् । अष्ट्रेलियाका विश्वविद्यालयहरुमा जस्तै संरचना र कक्षाकोठा, लाईबेरी, ल्याब लगायतका सम्पूर्ण सेवा सुविधाहरु यहाँ प्रदान गरीने कुरा उद्घाटन सत्र पश्चात आयोजना गरीएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

अष्ट्रेलियाका २६ भन्दा बढी विश्वविद्यालयहरुमा अध्ययन अध्यापन हुदै आईरहेको यो कोर्ष नेपालमा भने पहिलो पटक एनएलआइसीसी सेन्टरले भित्रयाएको हो । नेपालमा यस प्रशिक्षण केन्द्रको आवश्यकता र अपरिहार्यताका बारेमा एनएलआईसीसीका निर्देशक सुरज राजभण्डारीले कार्यक्रम युनिटलाई जानकारी गराउनु भयो । त्यसरी नै यस कोषर्को अध्ययनका लागि लाग्ने खर्च तथा विद्यार्थीह्रुलाई एनएलआईसीसीले प्रदान गर्नेे छात्रबृतीका बारेमा संस्थाका अन्तराष्ट्रिय निर्देशक जसीन्टा सुरेखाले जानकारी गराउनु भयो ।

होटल याक एण्ड यतीमा आयोजना गरीएको उद्घाटन कार्यक्रममा बिभिन्न क्षेत्रका उच्च पदस्थ ब्यक्तिहरुको उपस्थिती रहेको थियो । “एनएलआइसीसी सेन्टर” को उद्घाटन कार्यक्रममा यु टि एस इन्सर्चका म्यानेजिङ्ग डाइरेक्टर एलेक्स मर्फी , चिफ बिजनेस डेभलपमेन्ट अफिसर पिटर हरिस र एसोसिएट प्रोफेसर पब्लिक हेल्थ एन्जिला डावसनले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।

Releated

अस्थायी शिक्षकको संवैधानिक इजलाशका सबै मुद्दा खारेज

३ भदौ, काठमाडौं शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । […]

योग प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुटीको पाठ्यक्रम तयार

३ भदौ, काठमाण्डौं योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । यसरी तयार भएको पाठ्यक्रम तत्कालैं अध्यापनको व्यवस्था गर्न शिक्षा, बिज्ञान तथा प्रविमिन्त्री गिरीराजमणी पोखरेलले प्रतिद्धता जनाएका छन । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले […]