विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई १४ वर्षको जेल सजायका साथै ६० लाख जरिवाना

चैत ११, पटना, भारत । भारतको राष्ट्रिय जनता दलका नेता तथा विहारका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादव चौथौं भ्रष्टाचार मुद्दामा पनि दोषी ठहरिएका छन् ।  भारतको सिबिआई अदालतले शनिबार यादवलाई १४ वर्षको कारावास सजायका साथै ६० लाख जरिवाना सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले उनलाई दुम्का कोषबाट गैरकानुनी रुपमा ३ करोड ७६ लाख भारतीय रुपैया अपचलन गरेको ठहर गरेको थियो ।

फैसलाको सजाँय सुनाउँदै यादवलाई १४ वर्ष जेल र ६० लाख रुपैया जरिवाना तोकिएको हो । उक्त मुद्दामा विहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रालाई भने अदालतले सफाई दिएको छ । यादवका कानुन व्यवसायी प्रभात कुमारले उक्त फैसलाविरुद्ध उच्च अदालत अपिल गर्ने बताएका छन् । यादवविरुद्धका अझै २ मुद्दामा फैसला हुन बाँकी छन् । यसअघि ३ वटा मुद्दामा दोषी ठहर भएका यादब गत डिसेम्बर २३ देखि राँचीस्थित विर्सा मुण्डा जेलमा छन् । यादव सन् २०१३ मा ३७ करोड ७० लाख हिनामिना गरेकोमा दोषी ठहर भएका थिए । उक्त फैसलापछि संसद पदका लागि अयोग्य घोषित भएका यादबलाई ११ वर्ष चुनाव लड्न रोक लगाइएको थियो । यद्यपी, उनी गत डिसेम्बर १३ मा सर्बोच्च अदालतबाट जमानतमा रिहा भएका थिए ।

त्यसैगरी गत जनवरी ६ मा सिबिआई अदालतले यादवलाई दोस्रो मुद्दामा ४४ महिना जेल सजायका साथै १० लाख जरिवाना सुनाएको थियो । त्यसको तीन सातापछि तेस्रो मुद्दामा यादवलाई ५ वर्ष जेल सजाँय तोकिइसकेको छ । यादवविरुद्धको १ अर्ब ३९ करोडको पाँचौं मुद्दा भने अदालतमा विचाराधिन छ । वर्षौसम्म विहारको मुख्यमन्त्री बनेका यादवले सन् १९९० को दशकमा विभिन्न जिल्लाका सरकारी कोषबाट ९ अर्ब भन्दा बढी रकम गैरकानुनी रुपमा अपचलन गरेका थिए । सन् १९९० मा विहारको मुख्यमन्त्री बनेका यादवले गाईबस्तुलाई दिइने चारा खरीदमा भ्रष्टाचार गरेको अभियोगपछि राजीनामा दिएका थिए । सन् १९९७ मा उनको राजीनामापछि विहारमा उनकी पत्नी रावरी देवी मुख्यमन्त्री बनेकी थिइन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]