कालीगण्डकी नदी र रुरु क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्छ–राष्ट्रपति भण्डारी

Posted: Friday
कालीगण्डकी नदी र रुरु क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्छ–राष्ट्रपति भण्डारी

फागुन ४, गुल्मी । राष्ट्रपति विद्यादेवी भण्डारीले गुल्मी, पाल्पा र स्याङ्जाको धार्मिक एवं पौराणिक क्षेत्र कालीगण्डकी नदी र रुरु क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्ने बताएकी छन् ।

रिडीस्थित रुरु संस्कृत तथा साधारण माविको शतवार्षिकीको उद्घाटन गर्दै उनले रुरुको विकास र संरक्षण गरेमा भारतीय र चिनियाँ पर्यटक आउन सक्न सम्भावना औँल्याइनु ।

उनले समग्र राष्ट्रको विकासमा सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने पनि बताइन् । उनले कालीगण्डकी नदीमा स्नान पनि गरिन् ।