युवा क्रिकेटर सन्दीप लामिछानेलाई उच्चपदस्थ व्यक्तिहरुको बधाईको ओइरो

माघ १५, काठमाण्डौं । आइतबार इन्डियन प्रिमियर लिग(आइपीएल)मा छनोट भएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई चिर्चित र उच्चपदस्थ व्यक्तिहरुको बधाईको ओइरो लागिरहेको छ । नेपालबाट आईपीएलमा छनोट हुने पहिलो क्रिकेटर बन्न सफल भएका सन्दीपलाई पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि बधाई दिएका छन् । सोमबार बिहान फेसबुकमार्फत दाहालले सन्दीपलाई बधाई दिएका हुन् ।

दाहालले फेसबुकमा लेखेका छन, ‘इण्डियन प्रिमियर लीगमा छनोट हुनुभएकोमा युवा खेलाडी सन्दीप लामिछानेलाई हार्दिक बधाईका साथै खेल जगतमा निरन्तर प्रगति र उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु’ ।

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले युवा क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन्। इण्डियन प्रिमियर लिग (आईपीएल)मा नेपालबाट पहिलो पटक छनोट भएकोमा क्रिकेटर सन्दीपलाई भट्टराईले बधाई दिएका हुन्। आइतबार दिल्ली डेयरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा किनेपछि सन्दीपले आईपीएल खेल्ने निश्चित भएको हो। लामिछानेले आईपिएल खेल्न पाउनु समग्र नेपाली क्रिकेट जगतका लागि खुशीको कुरा भएको भट्टराईले बताएका छन्।

आइतबार साँझ बाबुरामले ट्विटरमार्फत् सन्दीपलाई बधाई दिएका हुन् । ‘नेपालबाट पहिलोपल्ट प्रतिष्ठित आईपीएल खेल्न छनोट भएका १७ वर्षीय सन्दीप लामिछानेलाई हार्दिक बधाई’, बाबुरामले ट्विटरमा भनेका छन्, ‘उनको यो यात्रा समग्र नेपाली क्रिकेट जगतको लागि खुशीको कुरा हो। आगामी दिनमा पनि नेपाली क्रिकेटका प्रशंसकहरुले यस्तै खुशीको खबर सुन्ने थपा अवसर पाउन्।’ प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतले सन्दीपलाई आइतबार नै बधाई दिएका थिए ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]