सन्दीप लामिछाने  आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी

माघ १४,काठमाडौँ ।  नेपाली राष्ट्रिय टोलिका स्पीनर सन्दीप लामिछाने भारतमा हुने ११ औं संस्करणको आइपीएल अक्सनमा छनोट भएका छन् । भारतमा दोस्रो दिन भएको अक्सनमा नेपालका सन्दीप लामिछाने २० लाख भारतीय मूल्यमा दिल्ली डियर्स डेभिल्समा आवद्ध भएका हुन् ।

दोस्रो दिनको अक्सनमा दिल्लीले ५ सय ७८ खेलाडी रहेको अक्सनको सूचीबाट सन्दीपको नाम लिएको हो । सन्दिप अनक्याप्ड स्पिनरको लिस्टमा परेका थिए । कुनै फ्रेन्चाइजले नेपाली खेलाडीलाई आइपीएलमा छनोट पहिलो हो । उनी अक्सनमा २ सय ७६ औं नम्बरमा थिए। यससँगै उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]