संवैधानिक व्यवस्था अनुसार सत्ता हस्तान्तरण गर्न आफु आतुर– प्रधानमन्त्री देउवा

पुस ११, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक व्यवस्था अनुसार सत्ता हस्तान्तरण गर्न आफु आतुर रहेको बताउनुभएको छ । सौराहामा १४ औं चितवन हात्ती महोत्सवको उद्धघाटन गर्दै प्रधानमन्त्री देउवाले संवैधानिक प्रक्रिया अनुरुप सत्ता हस्तान्तरण गर्ने बताउनुभएको हो । देउवाले भन्नुभयो – लामो संक्रमणकाललाई राष्ट्रिय/अन्तराष्ट्रिय स्तरबाट विश्वास हुने किसिमबाट सम्पन्न गर्दै शाचन्तिपूर्ण लोकतान्त्रिक नेपाल निर्माण गर्न नेपाल सरकार सफल भएको छ ।

मुलुकको संक्रमणकालको समाधानका लागि नेपाली कंग्रेस सफल भएको प्रधानमन्त्री देउवाले जिकिर गर्नुभयो । देउवाले भन्नुभयो – पार्टीको फाईदा बेफाईदा नहेरी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्न सफल भएको छ ।  संक्रमणकाललाई निकास दिनका लागि आफु नेतृत्वको सरकार सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले नतिजाको ख्याल नगरी निर्वाचत शान्तिपूर्ण रुपमा गराउन सफल भएको उल्लेख गर्नुभयो ।

मुलुकमा पर्यटकको संख्यामा वृद्धिका लागि गरिएका कार्यक्रम फलदायी हुनेमा आशावादी रहेको प्रधानमन्त्रीले बताउनुभयो । मुग्लिन नारायणगढ सडकखण्ड, बाढी र भुकम्पका कारण परेको असरबाट पर्यटन व्यवसाय माथि उठ्ने प्रधानमन्त्रीले विश्वास ब्यक्त गर्नुभएको छ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]