मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश

पुस १, काठमाडौं । प्रतिस जिसीको अलराउण्ड प्रदर्शन तथा सूर्य तामाङको उत्कृष्ट बलिङ मद्दतमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। नेपालले अब उपाधिका लागि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ।नेपालले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा ५५  रनमा अलआउट भयो। मलेसियालाई कम स्कोरमा अलआउट गर्न नेपालका सूर्य तामाङ र प्रतिस जिसीले शानदार बलिङ गरे।

किफायती बलिङ गरेका सूर्य तामाङले ७ ओभरमा ३ मेडन राख्दै १२ रन मात्र दिएर ४ विकेट लिए। यस्तै नेपाली इनिङ्समा सर्वाधिक २७ रन बनाएका प्रतिसले पनि ३ विकेट झारे। मलेसियाका लागि सन्देश सुपारामानियमले सर्वाधिक १६ रन जोडे। बाँकी खेलाडीले दोहो अंक समेत छुन सकेनन्। त्यसअघि टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको हो।

नेपालको लाति प्रतिस जिसीले सर्वाधिक २५ न बनाए। यस्तै सुनिल भण्डारी  रनारायण जोशीले समान १७ तथा विशाल विक्रम केसीले १५ रन जोडे। मलेसियाका मोहमद अफिकले ३ तथा असलाम खान मलिकले २ विकेट लिए। नेपालले अब उपाधिका लागि सिंगापुरसँग खेल्नेछ। सिंगापुरले शनिबारै भएको अर्को सेमिफाइनलमा हङकङलाई ८ विकेट ले हराएको हो।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]