सेनाले दशैंको टीकाको दिन उपत्यकामा निःशुल्क यातायात सेवा उपलब्ध गराउने

Posted: Monday
सेनाले दशैंको टीकाको दिन उपत्यकामा निःशुल्क यातायात सेवा उपलब्ध गराउने

असोज ९,काठमाडौं। नेपाली सेनाले दशैंको टीकाको दिन असोज १४ गते शनिबार काठमाडौं उपत्यकामा निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ ।

सेनाले सोमबार दिएको जानकारीअनुसार सर्वसाधारणहरुको सुविधाका लागि विभिन्न आठवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरिनेछ ।

टीकाको दिन शनिबार बिहान साढे ६ बजे, बिहान ११ बजे र अपरान्ह ४ बजे तीनपटक आठवटा रुटमा छुट्टा–छुट्टै बस सेवा सञ्चालन हुने सेनाले जानकारी दिएको छ ।