ब्रिक्स सम्मेलनमा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट

भदौ १९,काठमाडौं । लामो समयदेखि जारी डोकलाम क्षेत्रको सीमा विवाद समाधान भएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट भएको छ । ब्रिक्स सम्मेलनका लागि चीनको सियामेन पुगेका मोदी र सीबीच भेट भएको हो । सीले अन्तर्राष्ट्रिय कन्फरेन्स सेन्टरमा मोदीको स्वागत गरेका थिए ।  दुवै नेताले हात मिलाउँदै गरेको तस्विर भारतीय मिडियाहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

बैठकका दौरान दुई नेताबीच भोलि साइड लाइन वार्ता हुने बताइएको छ । यसअघि दुई नेता जर्मनीमा भएको जी २० सम्मेलनका बेला भेटेका थिए । तर, त्यतिबेला डोकलाम विवादका कारण दुई पक्षीय छलफल भने हुन पाएको थिएन ।  त्यतिबेला दुई नेताबीच भएको छोटो कुराकानीपछि नै डोकलाम विवाद समाधानको आधार तय भएको भारतीय पक्षको दाबी रहेको छ । द हिन्दुका अनुसार डोकलाम विवादपछि दुई देशको सम्बन्ध नयाँ शिराबाट अघि बढाउने पक्षमा भारत रहेको उल्लेख गरेको छ ।

‘अब भविष्यमा डोकलाम शब्दको भूतलाई गाडेर अघि बढ्ने सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीले दिन चाहेका छन्,’ उच्च स्रोतको हवाला दिँदै समाचारमा उल्लेख गरिएको छ । यसो त राष्ट्रपति सि जिनपिङले पनि ब्रिक्स सम्मेलनको उद्घाटन सत्रमा ब्रिक्स राष्ट्रहरुबीच कतिपय राष्ट्रिय मुद्दामा रहेका असहमतिका बीच एकै ठाउँमा उपिस्थित भएकोमा खुसी व्यक्त गरेका थिए ।  उनले ब्रिक्सका पाँच राष्ट्र विकासको समान चरणमा रहेको र विकासको समान उद्देश्य रहेको बताएका थिए । ब्रिक्स राष्ट्रहरुमा भारत र चीनसहित ब्राजिल, दक्षिण अफ्रिका र रुस रहेका छन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]