बाबा राम रहिमलाई बलात्कारको मुद्दामा दोषी करार दिँदै १० वर्ष कैदको फैसला

भदौ १२,  भारत ।  भारत र विश्वभर ‘रकस्टार बाबा’का रुपमा परिचित राम रहिमलाई सीबीआईको विशेष अदातलले बलात्कारको मुद्दामा दोषी करार दिँदै १० वर्ष कैदको फैसला सुनाएको छ । उनलाई शुक्रबार सीबीआईको विशेष अदालतले १५ वर्ष अघिको बलात्कार घटनामा दोषी भएको ठहर गरेसँगै अदालत रहेको पञ्चकुला र सिरसामा रहेको उनको आश्रम भएको स्थानमा हिंस्रक प्रदर्शन हुँदा ३८ जनाको ज्यान गएको थियो । उनका समर्थकहरुले हिंस्रक प्रदर्शन गरेपछि त्यहाँका राज्य सरकारले उक्त स्थानहरुमा कर्फ्यू लगाउँदै आएको छ ।

५० वर्षका राम रहिमलाई १५ वर्ष अघिको घटनामा दोषी पाइएसँगै उनलाई आज सजाय सुनाउन जेल भित्रै विशेष अदालत बनाइएको थियो । उनको मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीशलाई हेलिकप्टर मार्फत जेलमा लगिएको थियो । यस्तै पन्जाब र हरियाणा राज्यमा आज सबै स्कुल तथा कलेजहरु बन्द गरिएको छ भने उनलाई राखिएको रोतक जेल वरपर पनि सुरक्षाको पाँच घेरा बनाइएको छ ।  उनको मुख्य आश्रम रहेको स्थानमा पुन: प्रदर्शन हुनसक्ने भन्दै राज्य सरकारले सेनालाई पनि सुरक्षाका निम्ती बोलाएको छ । यस्तै त्यहाँ ठूलो संख्यामा अर्धसैनिक बल तथा राज्य प्रहरीको पनि तैनाथी गरिएको छ ।

को हुन् राम रहिम ?
बाबा राम रहिमको जन्म राजस्थानको श्री गंगानगर जिल्लामा भएको हो । सम्पन्न परिवारमा हुर्किएका उनको सुरुको नाम गुरमित हो । उनी ७ वर्षको हुँदा डेरा सच्चा सौधा आश्रमका तत्कालिन प्रमुख साह सत्नाम सिंहले उनलाई राम रहिमको नाम दिएर आफ्नो चेला बनाएका थिए । स्न १९९० मा सत्नाम सिंहले विश्वभरका आफ्ना चेलाहरुलाई बृहत सतसंगका लागि बोलाएर २३ वर्षका राम रहिमलाई आफ्नो उत्तराधिकारी घोषणा गरेका थिए ।

उच्च माध्यमिक तहसम्म मात्रै अध्ययन पुरा गरेका उनी विवाहित हुन् र उनको तीन सन्तान पनि छन् । डेरा सच्चा सौधाको विश्वभर ६ करोड समर्थक रहेको बताइएको छ । उक्त संस्थाको आफ्नै खाद्य सामाग्रीको ब्राण्ड छ भने राम रहिम आफैंले आफ्नो बारेमा तीनवटा फिल्म बनाएर त्यसमा अभिनय पनि गरेका छन् । यस्तै उनी गायकका रुपमा पनि बेलाबखत कन्सर्टमा देखिने गर्छन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]