नेपालको संविधानबारे भारतको पोजिसन निरन्तर एउटै र स्पष्ट –भारतीय विदेश सचिव एस जयशंकर

भदौ ८, नयाँदिल्ली । भारतले नेपालको संविधानबारे आफ्नो ‘पोजिसन’ निरन्तर एउटै र स्पष्ट रहेको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय समकक्षी नरेन्द्र मोदीले दुई चरणको स्थानीय चुनाव भएकामा बधाई दिए । साथै सबैसँग संवाद जारी राख्न र सबैको आकांक्षा समाहित गरी संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

नेपालको संविधानलाई अझैसम्म स्वागत नगरेको भारतका प्रधानमन्त्रीको यो अभिव्यक्ति विगतको तुलानामा केही हदसम्म नरम मानिएको थियो । तर, साँझ आयोजित ‘मिडिया बि्रफिङ’मा विदेश सचिव सुब्रमण्यम जयशंकरले संविधान संशोधनमा भारतको ‘पोजिसन’को निरन्तरता खुलाएका हुन् । उनले भने, ‘त्यो भनेको संविधान कार्यान्वयनको प्रक्रियामा समाजका सबै तह र तप्कालाई समेटेर अगाडि बढ्ने प्रयासलाई जारी राख्नुपर्छ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित बन्नु पर्छ ।’

मोदीसँगको भेटमा प्रधानमन्त्री देउवाले संविधान संशोधन र मधेशकेन्द्रित दलहरुको माग सम्बोधन गर्न सरकारले गरेको प्रयास ‘सेयर’ गरेको जयशंकरले बताए । दुई प्रधानमन्त्रीबीचको भेटमा चीन-भुटान सीमाको दोक्लाममा जारी तनावबारे कुनै कुरा नभएको जयशंकरले दाबी गरे । कश्मीरको उरीमा आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण सार्क शिखर सम्मेलन हुन सकेको छैन । तर, देउवा र मोदीबीच यसबारे कुराकानी नै नभएको जयशंकरको जवाफ थियो । जबकि, नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत हो ।

उहाँले संविधान कार्यान्वयनमा बृहत सहभागिता भएमा त्यसले स्थिरता, एकता र नेपालको समृद्धिमा सहयोग पुर्‍याउने बताउनुभयो । भारत र चीनको दोक्लममा बढेको द्वन्द्वका बिषयमा देउवाको भ्रमणका क्रममा कुनै छलफल नभएको जयशंकरको भनाई छ । संयुक्त पत्रकार सम्मेलनको आफ्नो भाषणमा भने प्रधानमन्त्री देउवाले सार्कको उल्लेख गर्नुभएको थियो ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]