प्रधानमन्त्री देउवाले मोदी सामु जनाए संविधान संशोधन गर्ने प्रतिबद्धता

भदौ ८, नयाँदिल्ली ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय संस्थापन सामु नेपालको संविधान संशोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सामु उनले संसदमा दुई तिहाई नपुग्दा संशोधन प्रयास असफल भए पनि भविष्यमा सो कार्य गरिने प्रतिबद्धता जनाएका हुन्।

 ‘संविधान कार्यान्वयन गर्ने क्रममा हाम्रा केही मुद्दा सल्टाउन बाँकी छन्’, भारतीय प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘दक्षिणी भेगको राष्ट्रिय जनता पार्टी समेत निर्वाचनमा सहभागी होस् भनेर हामी संविधान सबैलाई स्वीकार्य हुने गरी संशोधन गर्न चाहन्छौं।’ प्रधानमन्त्री नयाँ दिल्ली उड्नु दुई दिन अगाडि संसदबाट संविधान संशोधन प्रस्ताव अस्वीकृत भएको थियो। भविष्यमा दुई तिहाई बहुमतबाट संविधान संशोधन गरिने उनको भनाइ थियो। ‘मलाई आशा छ भविष्यमा दुई तिहाई बुहमतबाट संविधान संशोधन गरिनेछ’, उनले भने।

संविधान सभाबाट जनप्रतिनिधिले संविधान निर्माण गर्दा भारत क्रुद्ध बनेको थियो। उसले आफ्ना माग पूरा नभएको भन्दै नेपालमाथि ६ महिनासम्म नाकाबन्दी गरेको थियो। संविधानप्रति तराई केन्द्रित दलहरु पनि असन्तुष्ट रहँदै अाएका छन्।  ती बुँदा सम्बोधन हुनेगरी काँग्रेस-माओवादी गठबन्धन सरकारले संसदमा संविधान संशोधन प्रस्ताव लगेका थिए। प्रमुख प्रतिपक्षी एमाले, राप्रपा एवं सत्तारुढ दलकै केही सांसद संशोधनमा तयार नहुँदा संविधान संशोधन प्रयास बिफल हुन पुगेको थियो।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]