प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आकस्मिक भेटवार्ता

भदौ ८, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पूर्वनिर्धाति समयभन्दा एक दिन अघि आकस्मिक भेटवार्ता गर्नुभएको छ । मोदीसँगको भेटवार्ताका लागि देउवा साँझ पाँच बजे भारतीय प्रधानमन्त्री निवास सेभेन रेशकोर्ष पुग्नुभएको थियो । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायका अनुसार सो भेटवार्ता एक्ला एक्लै भएको थियो ।

भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो माईक्रो ब्लगिङ साईट ट्वीटरमा प्रधानमन्त्री देउवालाई स्वागत गर्दै भोलीको बिस्तृत भेटवार्ताको प्रतिक्षामा रहेको उल्लेख गर्नुभएको छ । दुई मुलुकका कार्यकारी प्रमुखबीच आज बिहान ११ बजे भेटवार्ता गर्ने समय तय गरिएको छ । अनौपचारिक भेटलाई आज हुने बार्ताको तयारी भेटघाटको रुपमा हेरिएको छ ।

दुतावास स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणमा खटिएका भारतीय अधिकारीहरुले सुरुमा मोदीको इच्छा अनुसार नेपाली टोलीसँग प्रधानमन्त्री देउवाको कार्यतालिका सोधेको र केही समय खाली देखिएपछि प्रधानमन्त्री मोदीको तर्फबाट चियाको आमन्त्रणा गरिएको थियो । बिहीबार विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ता सुरु हुनेछ । भेटपछि मोदीले  ट्वीटर भनेका छन्, ‘निकटको साथी नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई भेट्दा निकै खुसी लागेको छ । आज थप व्यापक वार्तालाप हुनेछ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]