पहिलो दक्षिण एशियाली युवा सम्मेलन भारतको उडिसामा हुने

साउन २६,काठमाडौँ  । अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो दक्षिण एशियाली युवा सम्मेलन भारतको उडिसामा हुने भएको छ ।  समितिले विहीबार पत्रकार सम्मेलन गरी पहिलोपटक उडिसा राज्यको भुवनेश्वर शहरमा आगामी असोज १ देखि ५ गतेसम्म गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डा केके सिंहले दक्षिण एशियाका युवासामु उनीहरुले भोग्दै आएका समस्या र त्यसका समाधानबारे आठवटै देशका युवा मन्त्रीलाई राखेर सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए। युवाको समस्या, संस्कृति, पर्यटन, संयुक्त राष्ट्र सङ्घले अवलम्बन गरेको दिगो विकास लक्ष्य, शान्ति, पूर्वाधार विकास लगायतका बारेमा सम्मेलनमा छलफल हुनेछ।

सम्मेलनमा समितिका नेपाल शाखा अध्यक्ष राज कट्टेलले नेपालबाट युवा तथा खेलकुद मन्त्रीसहित ३० जनाको सहभागिता रहने जानकारी दिए।  सम्मेलनमा दक्षिण एशियाका आठ देशका करिब ४०० युवा प्रतिनिधिको सहभागिता रहने छ । रासस

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]