पाकिस्तानको अन्तरिम प्रधानमन्त्रीमा शाहिद खकान अब्बासी चयन

साउन १५, काठमाडौं । पाकिस्तानको अन्तरिम प्रधानमन्त्रीमा पूर्व पेट्रोलियम मन्त्री शाहिद खकान अब्बासी चयन हुनु भएको छ । भ्रष्टचारी ठहर गर्दै सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाई पदच्युत गरेपछि सत्ताढ दल पाकिस्तान मुस्लिम लिगले अब्बासीलाई अन्तरिम प्रधानमन्त्री चयन गरेको हो । प्रधानमन्त्रीका लागि बलिया प्रत्यासी शरिफका भाई साहबाज शरिफले राष्ट्रिय सभाको उपनिर्वाचन नजितेसम्म अब्बासीले अन्तरीम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु हुने बीबीसीले उल्लेख गरेको छ ।

यसअघि, शहबाजले पञ्जाब प्रान्तको मूख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने छ । ६५ बर्षीय साहबाजलाई सो प्रक्रिया पुरा गर्न कम्तीमा ४५ दिन लाग्ने बताइएको छ । पाकिस्तानको सर्वोच्च अदालतले आर्थिक अनियमिततामा संलग्न रहेको पुष्टि गर्दै गत शुक्रबार नवाज शरिफलाई प्रधानमन्त्रीका लागि अयोग्य ठहर गरेको थियो । सर्वोच्चले अयोग्य ठहर गरे लगत्तै शरिफले राजिनामा दिएका थिए ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]